महाप्रबन्धकको सन्देश

महाप्रबन्धक विनोद आचार्य

हानामिजुकी प्राईभेट लिमिटेडको पेजमा तपाईलाई स्वागत छ । जापान गएर त्यहाँबाट हुने आर्थिक उपार्जनबाट आफ्नो , आफ्नो परिवारको र देशको आर्थिक समुन्नति चाहने तपाईको मनरुपी विरुवा (木 कि )मा हामी जल (水 मिजु) सेचन गरी तपाईको आर्थिक जीवनलाई सुन्दर फूल (花 हाना) बनाउन चाहने संस्था हानामिजुकी हो । तपाईको जापान जाने प्रयत्नमा हामी प्रयत्न थापिदिन्छौँ, प्रेरणा थापिदिन्छौँ र जापान जाने पाइलाका लागि पुल बनिदिन्छौँ ।
स्थान र प्राकृतिक भिन्नताले ठाउँ नौलो लाग्छ नै , त्यो भन्दा बढि त्यहाँको भाषा , भेष, बोलि , रहनसहन, प्रचलन , रितीरिवाज , चालचलनले , झनै नौलो प्रतित हुन्छ । उपर्युक्त सबैकुराले जापानको तपाईको पहिलो पदार्पण देखीनै कुनै कठिनाई नपरोस भन्ने हाम्रो अभिप्राय हो । नेपाल र जापानको श्रम सम्झौता अनुसार निशुल्क जापान जाने तपाईको चाहनालाई मूर्तरूप दिन चाहन्छौं । यस कार्यलाई सफलपार्न तपाइँ र हाम्रो सामिप्याता र सहकार्यको खाँचो छ । हामीसंग सहकार्य गर्दै तपाईका पाइला हरु गन्तव्यमा पुगुन, पाँच बर्ष पश्चात स्वदेश आएपछि त्यो सीप , दक्षता र हातहरु स्वदेश को श्रीवृद्धिमा लागुन् ।  हाम्रो कामना छ।

 

महाप्रबन्धक विनोद आचार्यकोको  सन्देश भिडिओ मेसेज

VIdeo Message